राष्ट्रिय फुटसल लिग : स्पोर्ट्स क्यासल र संखमुलबीच शीर्षताको रोमाञ्चक होड

पहिलो संस्करणको ए डिभिजन राष्ट्रिय फुटलस लिगमा छैठौं चरणका खेल सकिएका छन् । लिगमा अब ३ चरणका खेल मात्र बाँकी छन्।

तीन चरणको खेल बाँकी रहँदा पोखराको स्पोर्ट्स क्यासल र काठमाडौंको संखमुल फुटसलबीच शीर्षताको रोमाञ्चक होड चलिरहेको छ।

लिगमा यी दुई टिममात्र अपराजित छन् । ६ खेलमा ५ जित र १ बराबरी खेलेको क्यासल १६ अंकसहित शीर्ष स्थानमा रहँदा संखमुल ४ जित र २ बराबरीसहित १४ अंकसहित दोस्रो स्थानमा छ ।

बुधबार भएको खेलमा दोस्रो खेलमा लुम्बिनी फुटसललाई ३–२ले हराउँदै संखमुली शीर्ष स्थानमा उक्लिएको थियो । तर, उ धेरैवेर शीर्ष स्थानमा रहन पाएन । केही घण्टामै ऊ दोस्रो स्थानमा झर्यो। बुधबार भएको अन्तिम खेलमा झरना स्पोर्ट्स क्लबलाई ५–१ले हराउँदै क्यासल पुनः शीर्ष स्थानमै फर्किएको थियो।

१३ अंक जोडेको धरानको क्लब द राइजिङ क्लबले क्यासल र संखमुललाई पछ्याइरहेको छ। ११ अंक जोडेको फुटसल फाइभ धरान र १० अंक जोडेको सविन मेमोरियल पनि उपाधि होडमै छ।

Facebook Comments Box