ए डिभिजन फुटसल लिगः तेस्रो जितसँगै राइजिङ स्टार शीर्ष स्थानमा, शंखमुलको पहिलो जित

पोखरामा जारी पहिलो संस्करणको ए डिभिजन फुटसल लिगमा धरानको क्लब राइजिङ स्टारले लगातार तेस्रो जित निकालेको छ। लागतार तेस्रो जित निकाल्ने क्रममा राजिइङ स्टारले बुधबार रुपन्देहीको झरना स्पोर्ट्स क्लबलाई ५–३ले हरायो।

यो जितसँगै ३ खेलमा ९ अंकसहित राइजिङ स्टार शीर्ष स्थानमा उक्लिएको छ। झरना भने जित लिगमा जितबिहीन छ।

झरनाविरुद्ध राजिइजिङलाई जित दिलाउन मिलन राईले दुई गोल गरे भने रेवस मास्के, बिकु तामाङ र मिलन लिम्बुले समान एक गोल गरे । झरनाका मोहनबहादुर थापा मगर, ओमप्रकाश थापा र विवेक थापाले गोल गरे।

यसैगरी राष्ट्रिय फुटसल टिमका ४ खेलाडी रहेको उपाधि दाबेदार संखमुल फुटसलले लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा संखमुलले प्रभातफेरी युथ क्लबलाई ७–४ले हरायो।

संखमुलको जितमा जेनिस प्रजापतिले ह्याट्रिक गर्दा मणी लामाले दुई तथा अनिश श्रेष्ठ र सुसन श्रेष्ठले एक गोल गरे । प्रभातफेरीका सृजन पुरी र धिरज जोशीले समान दुई गोल गरेका थिए।

यसअघिका दुवै खेलमा बराबरीमा रोएिको संखमुलको ५ अंक भएको छ । र, उ दोस्रो स्थानमा उक्लिएको छ। प्रभातफेरि भने अंकबिहीन छ।

Facebook Comments Box