ए डिभिजन फुटसल लिग : रोमाञ्चक खेलमा संखमुल र स्पोर्ट्स क्यासलको बराबरी, सबिन मेमोरियलको पहिलो जित

पोखरामा जारी ए डिभिजन फुटसल लिगअन्तर्गत मंगलबार दुई खेल भए । मंगलबार भएको पहिले खेल निकै रोमाञ्चक बन्यो । बलिया दुई टिम संखमुल फुटसल र पोखराका स्पोर्ट्स क्यासलबीचको खेल २–२ गोलको बराबरीमा सकियो।

पोखराको बहुद्देशीय कभर्डहलमा स्पोर्ट्स क्यासलका लागि अन्जन देवकोटा र भिसन गुरुङले गोल गरे भने संखमुलका विवेक पण्डितले अर्को गोल आत्मघाती भएको थियो ।

पहिलो खेलमा स्पोर्ट्स क्यासलले प्रभातफेरी युथ क्लबलाई ७–० ले हराएको थियो भने संखमुलले फुटसल फाइभ धरानसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

यसैगरी अर्को खेलमा सबिन मेमोरियल एफसीले लिगमा पहिलो जित निकालेको छ। मंगलबार भएको दोस्रो खेलमा उसले लुम्बिनी फुटसलाई ३–२ले हरायो। सविनको जितमा अविनाश तामाङ, सरोज गुरुङ र मनिष क्षेत्रीले गोल गरे भने लुम्बिनीका हेमन्त गुरुङले दुई गोल फर्काएका थिए।

Facebook Comments Box