एपिएफ र ब्रिगेड बोइजले बराबरीका साथ अन्त्य गरे लिग

सशस्त्र प्रहरी बलको एपिएफ क्लब र ब्रिगेड बोइज क्लबले सहिद स्मारक ए डिभिजन लिगको अन्त्य बराबरीका साथ गरेका छन् । बिहीबार एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै लिगको अन्त्य गरे ।

एपिएफ र ब्रिगेड बोइजले लिगमा आफूलाई रेलिगेसनबाट मात्र बचाउन सके । दुवै टिम पुछारको सरस्वती क्लबभन्दा मात्र माथि छन् । दुवै टिम लिगमा एकै खालको प्रदर्शन गरे र १ अंक जोड्दै लिग अन्त्य गरे ।

दुवै टिमले लिगमा १३ खेलमा २ जित, ३ बराबरी र ८ हारको सामाना गरेका छन् र समान ९ अंक जोडेका छन् । गोलअन्तरले मात्र एपिएफ अगाडि छ ।

खेलको ४४ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । नविन लामाले मिलाएको पासलाई सिक्स यार्ड बक्समा रहेका आशिषले आकर्षक हेड गोल गरे । यस गोलसँगै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका आशिषले लिगमा ९ गोल पुरा गरेका छन् ।

तर, पहिलो हाफमा बनाएको अग्रतालाई एपीएफले अन्तिम समयमा भने जोगाउन सकेन । इजुरी समयमा पूर्वराष्ट्रिय खेलाडी विजय गुरुङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएपछि एपीएफले एक अंकका चित्त बुझाएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.