सहिद स्मारक ए डिभिजन लिगको १०औं चरणको खेल माघ २८ गते अर्थात् शुक्रबारबाट सुरु हुने भएको छ।
अलिख नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सर्वाजनिक बाँकी चार चरणको तालिकामा १०औं शुक्रबारबाट सुरु हुने तालिका छ। माघ २ गते नवौं चरणका खेलपछि ब्रेक गरेको लिग एन्फाले फेरि सुरु गर्न लागेको हो ।
लिगअन्तर्गत दशौं चरणको शुरूवाती खेलमा शुक्रबार फ्रेन्डस् र ब्रिगेड ब्वाईज क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ। सोही दिन दोस्रो खेलमा त्रिभुवन आर्मी र जावलाखेल युथ क्लब भिड्नेछन्।
त्यसअघि माघ २६ गते बिहीबार नेपाल पुलिस र च्यासलबीचको यसअघि स्थगित भएको खेल हुनेछ ।
लिगमा नवौं चरणको समाप्तीसम्म मच्छिन्द्र फुटबल क्लब २३ अंकसहित शीर्ष स्थानमा छ। त्यसैगरी, दोस्रो स्थानको मनाङ मस्र्याङ्दीको १९, तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबको १७, चौथो स्थानको थ्रीस्टारको १६ र पाँचौ स्थानको संकटाको १४ अंक छ।