सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत मंगलबार भएको खेलमा ब्रिगेड बोइज क्लब र च्यासल युथ क्लब बराबरीले खेलेका छन् । मंगलबार दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्न सकेनन् । यो बराबरीसँगै दुवै टिममाथि रेलिगशनको दबाब झन बढेको छ।
बराबरीपछि ब्रिगेड ब्वाइज क्लबले ११ खेलबाट ७ अंक जोड्दै १३ औं स्थानमा छ भने च्यासल भने ६ अंकसहित पुछारमा छ।