अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिगको टिकट मुल्य तोकेको छ। एन्फाले शुक्रबार एक कार्यक्रम गर्दै लिगका लागि टिकट मूल्य तोकेको हो।
मंसिर ३ गतेबाट सुरु हुने लिगका लागि एन्फाले साधारण प्याराफिटतर्फ १ सय र भिआईपीतर्फ ५ सय रुपैयाँ मूल्य तोकेको छ। यो पटकबाट एन्फाले टिकट मूल्य केही घटाएको छ।
यो सिजनबाट साताको तीन दिनमात्र लिगको खेल सञ्चालन गर्ने बताएको छ । जसअनुसार लिग शुक्रबार, शनिबार र आइतबार हुनेछ। शुक्रबार र शनिबार साढे ४ बजेपछि लिगका खेल सुरु गर्ने एन्फाले जनाएको छ।
एन्फाका अनुसार नवौं चरणको खेलपछि लिग एक महिना लिग रोकिने र सो अवधिमा मोफसलका नकआउट प्रतियोगिता आयोजना गरिनेछ । लिग करिब ५ देखि ६ महिनासम्म सञ्चालन गर्ने तयारी एन्फाको छ।
एन्फाले चार रंगशालामा खेल खेलाउने योजना बनाएको छ। तुलाधरका अनुसार लिगका खेल दशरथ रंगशाला, एन्फा कम्प्लेक्स, च्यासल युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबको घरेलु मैदान पोखरामा खेलाउने योजना छ।
‘पोखरामा पनि केही खेल भए एक साता जति लिग लम्बिन सक्छ। एक क्लबले मात्र भनेर भन्दापनि सबै राजी हुनुपर्छ। मनाङ घरेलु मैदानमा लिग खेलाउन राजी छ। अन्य क्लब माने अन्तिम चरणमा एकै समयमा ४ खेल गर्नुपर्ने अवस्था पनि हुनसक्छ,’ एन्फाका लिग निर्देशक उनले भने।
सिंगल राउन्डको लिगमा १३ चरणका ९१ खेल हुनेछ। यसपटक पुछारका दुई टोली रेलिगेसनमा पर्ने मिश्रले जानकारी दिए। लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।