फागुन १९ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिगको तालिका सार्वजनिक भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एक कार्यक्रम गर्दै लिगको तालिका सार्वजनिक गरेको हो।
एन्फाले लिगका ५ चरणका तालिका सार्वजनिक गरेको हो। यो पटक लिग च्यासल र दशरथ रंगशालामा आयोजना हुने छ।
सार्वजनिक तालिका अनुसार लिगको उद्घाटन खेलमा यसैसिजन ए डिभिजन लिगमा बढुवा भएको एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच हुनेछ। यो खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ।
तालिका अनुसार दुई समयमा खेल हुनेछन् । जसअनुसार पहिलो खेल पहिलो खेल दिउँसो साढे २ बजे सुरु हुने छ भने दोस्रो खेल साढे ५ बजे सुरु हुनेछ। गेम विकको पहिलो दिन १ खेल र त्यसपछि २ दिन ३ खेल हुनेछ।
पहिलो दिन एक खेलमात्र हुनेछ भने दोस्रो दिन २ खेल हुनेछ। दोस्रो अर्थात फागुन २० गते दिन तीन खेल हुने नेपाल पुलिस क्लबले अर्को नवप्रवेशी क्लब चर्च बोइजको सामाना गर्ने छ। सोही समय एपिएफ क्लब र थ्री स्टार बीचको खेल पनि हुने छ। साझँ हुने खेलमा मनाङ मर्स्याङ्दी क्लबले हिमालयन शेर्पाको सामना गर्ने छ।
यस्तै, तेस्रो दिन न्युरोड टिम एनआरटीले सातदोबाटो युथ क्लबसँग खेल्दा सोही दिन त्रिभुवन आर्मी क्लबले संकटा क्लबसँग खेल्नेछ। यी दुवै खेल दिउँसो साढे २ बजे हुने छ । सोही दिन साँझ डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबले जावलाखेल युथ क्लबको सामाना गर्ने छ।
यो पटक लिग डलब राउन्ड रोबिनका आधार हुनेछ। लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार पाउँछन् ।