°
, June 1, 2023 in

लिग हेर्न अपांगता भएका र जेस्ठ नागरिकलाई पैसा नलाग्ने

SHARE:

सहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपांगता भएका र जेष्ठ नागरिकहरुका लागि निशुल्क गरिएको छ ।

खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपांगता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको आयोजकको भनाइ छ ।

फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

अन्य दर्शकहरूका हकमा भने टिकटको व्यवस्था गरिएको छ । सामान्य प्याराफिटतर्फको टिकट मूल्य १०० र भीआईपी प्याराफिटतर्फको ३०० तोकिएको छ ।

SHARE: