ए डिभिजन लिगमा चर्चा बोइजको लगातार दोस्रो जित

Read Time:1 Minute

सहिद स्मारक ए डिभिजन लिगमा नवप्रवेशी क्लब चर्च बोइजले लागतार दोस्रो जित निकालेको छ। लिगमा लागतार दोस्रा् जित निकाल्ने क्रममा चर्चा बोइजले अर्को नवप्रवेशी क्लब एफसी खुमलटारमाथि ३–१को जित निकाल्यो।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार भएको खेलमा चर्च बोइजलाई जित दिलाउन आशिष चापागाईले दुई तथा एरिक विष्टले एक गोल गरे। खुमलटारका मेसुके ओलोमोउले गोल गरेका थिए।

आशिषले ११औं मिनेटमै चर्च बोइजलाई जित दिलाए। १८औं मिनेटमा एरिकले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए।

४०औं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई खेलमा फर्काउने प्रयास गरे। तर, ७१औं आशिषले गोल गरेपछि चर्च बोइजले ३–१को जित निकाल्यो।

पहिलो खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । पहिलो खेलमै फ्रेण्ड्सलाई हराएर लिग सुरु गरेको खुमलटारको यो पहिलो हार हो ।

Happy
Happy
69 %
Sad
Sad
8 %
Excited
Excited
8 %
Sleepy
Sleepy
0 %
Angry
Angry
8 %
Surprise
Surprise
8 %
Previous post भलिबलकी उषाले जितिन् पिपल्स च्वाइस अवार्ड, भलिबलकै अरुणा उत्कृष्ट महिला खेलाडी
Next post लिगमा थ्री स्टार र फ्रेन्ड्सको रोमाञ्चक बराबरी
Close