मछिन्द्र चर्च बोइजले खेले बराबरी, थ्री स्टार पराजित

Read Time:1 Minute

सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो स्थानको चर्च ब्वाइज युनाइटेड र साविक विजेता मछिन्द्र क्लबले अंक बाँडेका छन्।

दश खेलाडीमा सीमित बनेको मछिन्द्र र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

च्यासल रंगशालामा भएको खेलको पहिलो हाफमा पुजन उपरकोटीले रातो कार्ड पाउँदा मछिन्द्र दश खेलाडीमा सीमित बनेको थियो।

बराबरीसँगै दोस्रो स्थानको ब्वाइजले ५ खेलबाट ११ अंक जोडेको छ। मछिन्द्र ५ खेलबाट ५ अंक जोड्दै ११ स्थानमा छ।

यता एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेल युथ क्लबले थ्रीस्टारलाई पराजित गरेको छ। जावलाखेल युथको जितमा एनकोटो मासोबीले खेलको १५ मिनेटमा गोल गरेका थिए।

जितसँगै जावलाखेल ५ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। थ्रीस्टार भने ५ खेबलाट ७ अंक जोड्दै छैटौं स्थानमा छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेपाली क्रिकेट टिमलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा
Next post च्याम्पियन्स लिग : रियल, सिटी, बार्यन र चेल्सी मध्ये एक टिममात्र फाइनल पुग्ने, इटालियन क्लब सहज पोलमा
Close