भुटानी रोनाल्डोको रुपमा परिचित स्ट्राइकर चेन्चो ग्याल्सेनले सहिद स्माकर ए डिभिजन लिगमा डेब्यू गरेका छन्। बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको हिमालयन शेर्पाविरुद्धको खेल मार्फत डेब्यू गरे।
तर, चेन्चोको ए डिभिजन लिग डेब्यू सुखद् भने हुन् सकेन । उनको टिम हिमालयन शेर्पासँग १–१को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।
खेलको इन्जुरी समयमा विमल घर्तिमगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो । त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ८६ औं मिनेटमा सत्यमले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अंक जोडेको छ । मछिन्द्रले पनि ६ खेलमा ६ अंक जोडेको छ ।