°
, June 4, 2023 in

खुमलटारमाथि एनआरटीको जित

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ। मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीले एफसी खुमलटारमाथि ३–१ को जित निकाल्यो।

एनआरटीको जितमा सरोज तामाङ, सन्जिव विष्ट र मोहित गुरुङले एक एक गोल गरे भने खुमलटारका श्याम मुर्मुले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६५औं मिनेटमा सरोजले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए। ८२ औं मिनेटमा सन्जिवले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए।

खेलको ८५ औं मिनेटमा मोहितले गोल गर्दै एनआरटीलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा खुमलटारका श्यामु मुर्मुले गोल गरेपनि एनआरटी ३–१ ले विजयी भयो ।

जितसँगै एनआरटी १० अंक जोडेर दशौँ स्थानमा रहेको छ । खुमलटार १० अंकका साथ ११ औं स्थानमा छ ।

SHARE: