°
, June 4, 2023 in

एपिएफसँग हार्‍यो मछिन्द्र

SHARE:

डिफेडिङ च्याम्पियन मछिन्द्र क्लब सहिद स्मारक ए डिभिजन लिगमा पराजित भएको छ। बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्र विभागीय टिम एपिएफसँग १–०ले पराजित भयो।

प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफलाई जित दिलाउन विदेशी खेलाडी अर्मान्ड बेउडमले निर्णायक गोल गरे। उनले ३९औं मिनेटमा गोल गरेका थिए।

लगतार दुई हारसँगै लिगको सुरुआत गरेको मछिन्द्रको यो ६ खेलपछिको हार हो। मछिन्द्र १३ अंकसहित नवौं स्थानमा छ भने एपिएफ १४ अंक जोड्दै आठौं स्थानमा छ।

SHARE: