°
, June 4, 2023 in

थ्री स्टार एनआरटीसँग पराजित, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लब पराजित भएको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लब न्युरोड टिम (एनआरटी)सँग १–०ले पराजित भयो।

यो पराजयसँगै थ्री स्टारले शीर्ष स्थानमा उक्लिने अवसर गुमायो। खेलमा ३ अंक जोड्न सकेको भए थ्री स्टार २५ अंकसहित शीर्ष स्थानमा हुनेथियो। तर, उ २२ अंकसहित दोस्रो स्थानमै सीमित भयो।

जितसँगै एनआरटी भने पाँचौं स्थानमा उक्लिएको छ। उसले १३ खेलमा १९ अंक जोडेको छ।

थ्री स्टारविरुद्ध एनआरटीलाई जित दिलाउन सन्जिव विष्टले निर्णायक गोल गरे। उनले ३७औं निर्णायक गोल गरे।

SHARE: