काठमाडौं, वैशाख १६ : दिनभर भएको भारी वर्षाका कारण ए डिभिजन लिग प्रभावित बनेको छ। भारी वर्षाका कारण आज हुने भनिएका लिगका तीनवटै खेल स्थगित भएका छन्।
शनिबारका तीन मध्ये २ खेल बीचमै रोकियो भए एक खेल सुरु नभइ रोकिएको हो। दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मी क्लबबीचको खेल ७२ मिनेट भएपछि रोकिएको थियो। यस्तै, च्यासल मैदानमा भएको संकटा र जवलाखेलबीचको खेल ५० मिनेट भएपछि रोकिएको थियो ।
यस्तै, आजै साँझ दशरथ रंगशालामा हुने मनाङ मर्स्याङ्दी र चर्च बोइज युनाइटेडबीच खेल पनि हुने सकेछ । यी तिनै खेल आइतबार हुने छ। हिमालयन र आर्मी तथा संकटा र जावलाखेलबीचको खेल रोकिएकै समयका सुरु हुनेछ।
दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल रोकिँदा १–१ गोलको बराबरी थियो भने च्यासल मैदानमा खेल रोकिँदा जवलाखेल १–०ले अघि थियो ।