सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ। आइतबार भएको खेलमा विभागीय टिम आर्मी र संकटा क्लबले १–१ को बराबरीमा रोकिएको हो।
खेलमा अग्रता आर्मी क्लबले लियो । १८औं मिनेटमा उसका लागि कप्तान भरत खवासले गोल गरे। यो उनको जारी सिजन पहिलो गोल हो।
तर, खेलको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै संकटाले आर्मीबाट १ अंक खोस्यो। संकटाका युसुफ एट्रिसले गोल गर्दै खेलाललाई बराबरीमा ल्याए।
यो बराबरीपछि रेलिगेशन जोनमा रहेको संकटाले १५ खेलबाट १७ अंक जोड्दै रेलिगेसन जोनबाट माथि उक्लिएको छ। उ १०औं स्थानमा छ। आर्मीले समान खेलबाट २१ अंक जोड्दै छैटौं स्थानमा छ।