°
, June 4, 2023 in
ए डिभिजन लिगफुटबलसमाचार

संकटासँग सातदोबाटो पराजित, थ्री स्टार र एनआरटीले खेले बराबरी

SHARE:

सहिद स्मारक ए डिभिजन लिगमा उपाधि होडमा रहेको सातदोबाटो क्लब पराजित भएको छ। च्यासल मैदानमा मंगलबार भएको खेलमा सातदोबाटो लिगको संकटा क्लबसँग २–०ले पारजित भएको हो।

संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरे । उनले १४औं मिनेटमा गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए। यस्तै खेलको २६औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए ।

यो जितसँगै संकटा २० अंकसहित नवौं स्थानमा उक्लिउको छ सातदोबाटोको २३ अंकसहित पाँचौं स्थानमा छ।

यस्तै, मंगलबार नै भएको अकौृ खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन्। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै थ्री स्टार २५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ भने एनआरटीको १८ अंकसहित १२औं स्थानमा छ।

SHARE: