सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार भएको छुट्टा छुट्टै खेलमा दुई विभागीय टिम एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब मैदान उत्रिए। खेलमा एपिएफले जित निकाल्दा लिगमा घरेलु खेलाडीमात्र खेलाएको एकमात्र टिम आर्मी पराजित भयो।
बुधबार च्यासल मैदानमा भएको खेलमा एपीएफ संकटा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेलको २५ औं मिनेटमा आवाश लामिछानेले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा आवाशले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए। त्यसपछि खेलको ५०औं मिनेटमा संकटाका लागि मनिस डाँगीले गोल गरेका थिए।
जितसँगै एपीएफले २१ खेलमा २६ अंक जोडेको छ। संकटाको २१ खेलमा २३ अंक रहेको छ।
त्यस्तै बुधबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा त्रिभुवन आर्मीलाई न्युरोड टिम एनआरटीले १–० गोल अन्तरले पराजित गरेको छ।एनआरटीको जितमा कृतिसरत्न छुन्जुले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे।
जितसंगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ। आर्मीकोे २१ खेलमा २९ अंक रहेको छ।