°
, May 30, 2023 in
ए डिभिजन लिगफुटबलसमाचार

मनाङसँग रोकियो चर्च बोइज, शीर्षस्थानमा अग्रता फराकिलो बनाउने अवसर गुमायो

SHARE:

चर्च बोइज युइनटेडले शीर्ष स्थानमा अग्रता फराकिलो बनाउने असर गुमाएको छ। लिगअन्तर्गत बिहीबार च्यासल मैदानमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग गोलसहित बराबरीमा रोकिएपछि चर्चा बोइजले शीर्ष स्थानमा ५ अंकको अग्रता बानउने अवर गुमाएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले गोलको अवसर सिर्जना गरे पनि फिनिसङमा चुके। यो बराबरीपछि २१ खेलमा ३८ अंकसहित चर्च बोइज शीर्ष स्थानमा छ। समान खेलमा ३५अंकसहित दोस्रो स्थानमा छ।

मनाङको लिगमा लगातार सातौं बराबरी हो। त्रिभुवन आर्मी क्लबलाई १–०ले हराएयता मनाङले सबैखेल बराबरी खेलेको छ।

मनाङले एपिएफ, सातदोबाटो, पुलिस र संकटा क्लबसँग समान २–२ गोलको बराबरी खेलेको छ भने हिमालयन शेर्पासँग १–१को बराबरी खेलेको थियो ।

मनाङ २५ अंकसहित ११औं स्थानमा छ।

SHARE: