ए डिभिजन लिगफुटबलसमाचार

पुछारको खुमलटारले हिमालयन शेर्पालाई हरायो

सहिद स्मारक एडिभिजन लिगमा पुछारको एफसी खुमलटार विजयी भएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ले हरायो।

खुमलटारको जितमा मेसुके ओलुमोउ र स्टेफन बिनोङले गोल गरे भने हिमालयनका मानुएल एग्योमाङले गोल गरे।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै खुमलटारले जित निकालेको हो । छैटौं मिनेटमा एग्योमाङको गोलमा हिमालयन शेर्पाले सुरुआती अग्रता लियो ।

तर, १७औं मिनेटमा मेसुकेले गोल खुमलटारलाई खेलमा फर्काए। ७६औं मिनेटमा स्टेफनले गोल गर्दै खुमलटारलाई २–१ को महत्वपूर्ण जित दिलाए।

लिगमा सातौं जित निकालेको २४ अंकसहित अझै लिगको पुछारमै छ। हिमालयन शेर्पा २९ अंकसहित आठौं स्थानमा छ।