थ्री स्टारलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो

हिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मीले थ्री स्टारमाथि २–० को प्रभावशाली जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको खेलमा आर्मीलाई महŒवपूर्ण तीन अंक दिलाउने क्रममा स्ट्राइकर नवयुग श्रेष्ठ र सन्तोष तामाङले एक–एक गोल गरेका थिए ।

सन्तोष प्रतिबन्धपछि पहिलोपटक लिगमा फर्किएका हुन् । तीन अंक बटुलेको आर्मी लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले चार खेलबाट नौ अंक बटुलेको छ । यता हारसँगै थ्री स्टार सात अंकका साथ छैटौँ स्थानमा झरेको छ । लिगको शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दीको १० र दोस्रो स्थानको मच्छिन्द्र क्लबको नौ अंक छ ।

थ्री स्टार र आर्मीबीच पहिलो हाफ गोलरहित बराबरी भएको थियो । मध्यान्तरपछि आर्मीले सुधारिएको प्रदर्शन ग¥यो । आर्मीले नतिजा पनि निकाल्यो । आर्मीले ५४औँ मिनेटमा नवयुगको गोलबाट १–० को अग्रता लियो ।

आर्मीका लागि दोस्रो गोल सन्तोषले ७९औँ मिनेटमा सम्भव बनाए । खेलको ९०औँ मिनेटमा थ्री स्टारले पेनाल्टीमा गोलअन्तर घटाउने अवसर सदुपयोग गर्न सकेन । थ्री स्टारका रूपेश केसीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथूले क्लियर गरेका थिए ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले उपाधिहोडका लागि थ्री स्टारविरुद्धको खेल महŒवपूर्ण भएको बताए । उनले लिगको उपाधिहोडमा आफूलाई कायम राख्न आर्मीले लयलाई निरन्तरता दिनुपर्ने धारणा राखे । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आर्मीसँग नियमित खेल खेल्न नसकेको बताए । उनले आर्मीसँग पेस नमिलेका कारण खेलमा कठिनाइ झेलेको बताए ।

आर्मीले थ्री स्टारविरुद्ध सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । थ्री स्टारका नियमित कप्तान विक्रम लामाले लगातार दुई खेलमा पहेँलो कार्ड पाएपछि आर्मीविरुद्धको खेल गुमाउन पुगेका थिए । उनको स्थानमा कप्तानको जिम्मेवारी अनन्त तामाङले पाएका थिए ।

पहिलो हाफमा आर्मीका कप्तान भरत खवास र नवयुगको उत्कृष्ट प्रहार सफल भएन । थ्री स्टारका हम्जादको प्रहार आर्मीका जर्ज प्रिन्स कार्कीले डिबक्समा क्लियर गरे । प्रतिबन्धपछि फर्किएका सन्तोषको प्रदर्शन उत्कृष्ट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP