शनिबारबाट आहा रारा गोल्डकप

मोफसलको प्रतिष्ठित नकआउट फुटबल प्रतियोगिता आहा रारा गोल्डकप शनिबारबाट सुरु हुने भएको छ । शनिबार चैत २१ बाट सुरु हुने प्रतियोगिता २८ गतेसम्म चल्ने छ।

प्रतितयोगितामा एक विदेशीसहित आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । आयोजक सहारा क्लब पोखराले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

उद्घाटन खेल शनिबार आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीचमा हुनेछ । प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मर्स्याङदी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लबले सहभगाी छन् । विदेशी टोली अफ्रिकन रुट एशोएशन, डउला क्यामरुन सहभागी हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार रुप्रयाँ प्राप्त गर्ने छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.