°
, June 7, 2023 in

आहा–रारा पोखरा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

SHARE:

संकटा क्लब पोखरामा जारी आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार पोखरा रंगशालामा भएको खेलमा संकटाले विभागीय टिम त्रिभुवन आर्मी क्लबमाथि ३–१को जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो ।

आर्मीमाथि संकटालाई जित दिलाउन मेसुके ओलोमोउ, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने आर्मीका नवयुग श्रेष्ठले गोल गरे।

१५ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा आर्मीले खेलमा अग्रता लियो । दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा नवयुगले गोल गरेका थिए।

३५औं मिनेटमा संकटाले बराबरी गोल फर्कायो । उसका ओलेमोउ कप्तान सुनिल बलको पासमा गोल गरेका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमै सकियो।

७३औं मिनेटमा सुरजज्यू ठकुरीले गोल गर्दै खेलमा संकटालाई अग्रता दिलाए । खेलको अन्त्यतिर ओलेमोउका पासमा बिनोङ गोल गर्दै टिमलाई ३–१को जित दिलाए।

लिग जित्ने लक्ष्यसहित स्टार खेलाडीहरुलाई भित्र्याएको संकटाले आर्मीविरुद्ध सोही अनुसारको प्रदर्शन ग¥यो । उसले गत सातामात्र टिमका सुनिल बल, आयुष घलान, सुरजज्यू ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का तथा टिकेन्द्र थापालाई अनुबन्धन गरेको थियो।

SHARE: