भुटनिज युथ स्पोर्टस् आहा–रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि संकटासँग खेल्ने

Read Time:1 Minute

अमेरिकन टिम भुटनिज युथ स्पोर्टस् क्लब आहा–रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ। बिहीबार पोखरा रंगशालामा भएको खेलमा चर्च बोइज क्लबलाई १–०ले हराउँदै भुटनिज युथ स्पोर्टस् उपाधि नजिक पुगेको हो।

भुटनिज युथ स्पोर्टसको जितमा रोजिन प्रजापतिले निर्णायक गोल गरे। उनले प्रतिस्पर्धात्मक बनेको खेलमो पहिलो हाफको इन्जुरी सयममा गोल गरेका थिए।

नेपाली राष्ट्रिय टिमका स्टार खेलाडहरुलाई अनुबन्धन गरेपछि बलियो बनेको चर्च बोइनजले भुटनिज युथ स्पोर्टसलाई दबाबमा राखेपनि गोल भने गर्न सकेन्। आसन्न लिगका लागि उसले अञ्जन विष्ट, अनन्त तामाङ, दिनेश राजवंशी, तेज तामाङ, एरिक विष्टलगायतलाई अनुबन्धन गरेको छ।

भुटनिज युथ स्पोर्टसले अब उपाधिका लागि ए डिभिजन क्लब संकटासँग खेल्ने छ। संकटा विभागीय टिम एपीएफलाई हराउँदै फाइनल पुगेको हो।

सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउने छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साेमपालकाे घातक बलिङमा पोखरालाई हराउँदै जनकपुर प्लेअफमा
Next post विनोद र शाहिदीको कीर्तिमानी साझेदारीमा फार वेस्टको जित, प्लेअफ सम्भावना कयमै
Close