संकटा बन्यो आहा–रारा पोखरा गोल्डकपको च्याम्पियन, भुटनिज क्लब ३–२ले पराजित

Read Time:2 Minute

आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बीवाईएससी)लाई ३–२ले हराउँदै संकटाले दोस्रो पटक आहा–रारा पोखरा गोल्ककपको उपाधि जितेको हो।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाका लागि सुनिल बल, सुरजज्यु ठकुरी, मेसुके ओलुमोउले गोल गरे भने बीवाईएससीका रेने सान्टिलोन र विलिस ग्रिफिथले गोल गरेका थिए।

आठौं मिनेटमा सुरजको गोलमा खेलमा संकटाले सुरुआती अग्रता लियो। ३५औं मिनेटमा ओलुमोउले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए।

३७औं मिनेटमा सान्टिलोनले गोल गर्दै बीवाईएससीलाई खेलमा फर्काए। पहिलो हाफकै इन्जुरी सयममा ग्रिफिथले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

पहिलो हाफमा ४ गोल भएको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको २७औं मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई च्याम्पियन बनाए ।

संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर हुँदा संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोलरक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने ।

उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ प्राप्त नगद पुरस्कार प्राप्त गर्दा अमेरिकाबाट करोडौं खर्चर गरेर प्रतियोगिता खेल्न नेपाल आएको बीवाईएससीले ६ लाख रुपैयाँमा चित्त बुझायो।

Happy
Happy
25 %
Sad
Sad
0 %
Excited
Excited
75 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post मेसी बने विश्वकै उत्कृष्ट प्लेमेकर
Next post सागकी स्वर्ण विजेता सन्तोषीलाई कखरा स्कुलको सम्मान
Close