अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने फिन्चको घोषणा

Read Time:1 Minute

अष्ट्रेलियन क्रिकेटर आरोन फिन्चले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अष्ट्रेलियका टि–२० टिमका ३६ वर्षीय कप्तान फिन्चले मंगलबार अन्तर्राष्ट्रिय करिअर टुंग्याउने घोषणा गरेका हुन्।

सन् २०२१मा युएई र ओमानमा संयुक्त रुपमा आयोनजा भएको टि–२० विश्वकप फिन्चले आफ्नै कप्तानीमा अस्ट्रेलियालाई जिताएका थिए। उनी अष्ट्रेलियाका लागि टि–२०मा सबैभन्दा धेरै कप्तानी गर्ने खेलाडी हुन्।

गत सेप्टेम्बरमा मै एकदिवसीय टिमबाट सन्न्यास लिएका उनले घरेलु लिगहरु खेल्ने जनाएका छन्। भविष्यका लागि नयाँ योजना बनाउने सन्यास लिने यो सही समाय रहेको फिन्चले बताएका छन्।

फिन्चले सबैखाले फरम्याटमा गरी ८ हजार भन्दा बढी रन बनाएका छन् भने दुई विश्वकप उपाधि जितेका छन्। सन् २०११ मा इंग्ल्याण्डविरुद्ध खेल्दै अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका उनले १०२ टि–२० र १४६ एकदिवसीय र ५ टेष्ट खेलेका छन्।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post यू–२० महिला साफ : जित्दै पर्ने दबाबबीच भारतसँग भिड्दै नेपाल
Next post रेलिगेसन दबाब बढेपछि लिड्सले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक
Close