प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइलनमा नेपालले बराबरी गोल फकाएको छ।
त्रिपुरेश्वरस्थित दशरत रंगशालामा जारी खेलमा पहिलो हाफको १६औं मिनेटमै पछि परेको नेपालका लागि युवा विंगर आयुष घलानले २४औं मिनेटमा बराबरी गोल गरेका हुन्। उनले एरिक विष्टको पासमा गोल गरेका थिए।
त्यसअघि १६औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । फोथोवंग सांगविलयले गोल गरेका थिए।
सुरुआतबाटै दुवै टिमले आक्रामक खेल खेलिरहेका छन् । गाेलका अवसर पनि सिर्जना गरिरहेका छन्।