नेपालका युवा विंगर आयुष घलान प्रधानन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका आयुषले ५ सय अमेरिकी डलर प्राप्त गरे।
युवा अवस्थामै नेपालको मुख्य स्ट्राइकर बनेका आयुषले प्रतियोगिताका तीनै खेलमा सुरुआतबाटै खेलेका थिए। नेपाललाई उपाधि दिलाउने क्रममा आयुषले फाइलनमा लाओसविरुद्ध नेपालका लागि पहिलो हाफमा बराबरी गोल गरेका थिए।
यस्तै, लिग चरणमा भुटानविरुद्ध अन्तिम समय बराबरी गरेको खेलमा पनि आयुषले उत्कृष्ट प्रदर्शन गरेका थिए। सो खेलमा उनी प्लेअर अफ दी म्याच भएका थिए।
शुक्रबार भएको फाइनलमा नेपालले लाओसमाथि २–१को पुनरागमन जित निकाल्दै थ्री नेसन्स कपको उपाधि जितेको छ।