अलमुताइरीलाई खेलकुदमन्त्रीले भने– तपाईं खेलाडीको साथमा हुनुहुन्छ, मन्त्रालय तपाईंको

खेलकुदमन्त्री महेश्वरराज गहतराजले खेलकुद मन्त्रालय नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरीको साथमा भएको बताएका छन्। खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा अलमुताइरीलाई सम्मान गर्दै मन्त्रालय तपाईंको पक्षमा भएको बताएका हुन्।

पहिलो पटक नेपाललाई साफ च्याम्पियपिसपको उपविजेता बताएका अलमुताइरीको प्रसंशा गर्दै मन्त्री गहतराजले भने, ‘तपाई खेलाडीको साथमा हुनुहुन्छ, मन्त्रालय तपाईको साथमा छ।’ मन्त्री गहतराजले अल्मुताइरीको नेतृत्वमा नेपाली फुटबलको विकास र विस्तारमा थप महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे।

मन्त्रालयमा आयोजित एक समारोहबीच मन्त्री गहतराजले ढाका टोली र खादा लगउाँदै मुख्यप्रशिक्षक अलमुताइरीलाई सम्मान गरेका थिए । साफ च्याम्पियनसिपमा पहिलो फाइनल पु¥याउँदै नेपाललाई उपविजता बनाएको भन्दै मन्त्रालयले अलमुताइरीलाई सम्मान गरेको हो।

अलमुताइरी नेपाल फर्किएकोमा मन्त्री गहतराजले खुशी व्यक्त गरे । उनले भने, ‘तपाईं नेपालनेपाल फर्किएकामा खुशी लागेको छ, तपाई खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ।’