°
, June 4, 2023 in

अल्मुताइरीलाई बर्खास्त गर्न छानविन समितिको सुझाव

SHARE:

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र ९ जना खेलाडीबीच विवादको सत्यतथ्य पहिल्याउन अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गठन गरेको समितिले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विकल्प खोज्न सुझाव दिएको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अल्मुताइरी र राष्ट्रिय टोलीका १० खेलाडीबीचको विवादबारे छानबिन गर्न गठित ३ सदस्यीय समितिले बुधबार एन्फालाई बुझाएको प्रतिवेदनको राय सुझाव सार्वजनिक भएको छ।

सेनाका पूर्वउपरथीसमेत रहेको पूर्वराष्ट्रिय खेलाडी भिक्टर राणा संयोजकत्वको समितिमा पूर्वखेलाडी विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा थिए। संयोजक राणाले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुधबार प्रतिवेदन बुझाएका हुन्।

समितिले १० दिन लगाएर २८ पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा एकै पटक ९ खेलाडी क्याम्प छाडेर जानु, स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणीजस्ता क्रियाकलापले गर्दा एसिया कप छनोट प्रतियोगितापछि अल्मुताइरीको विकल्प खोज्नुपर्ने उल्लेख छ।

‘एकै पटक ९ खेलाडी क्याम्प छाडेर जानुमा मुख्य प्रशिक्षक, व्यवस्थापक तथा एन्फा सचिवालयको पनि अवश्य केही त्रुटि छन्। मुख्य प्रशिक्षकको स्वास्थ्य स्थितिले गर्दा उत्तेजक र तनावमा देखिनु, स्वास्थ्य परीक्षणका लागि बिदा स्वीकृत रहेको अवस्था, फरक सामाजिक र सांस्कृतिक परिवेश, बारम्बार विवाद, तथा सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणी जस्ता कृयाकलापले गर्दा राष्ट्रिय टिममा स्वच्छ वातावरण नभएको देखिन्छ। यस्तो अवस्थामा भविष्यमा अरु समस्या उब्जने प्रवल सम्भावनालाई समेत नकार्न सकिँदैन। तसर्थः एसिया कप छनोट प्रतियोगितापछि कतार एफ एसँगको सहयोगलाई निरन्तरता र सहमति कायम राख्दै मुख्य प्रशिक्षकको अर्को विकल्प खोज्न सिफारिस गरिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा खेलाडीसमेतलाई दोषी देखाइएको छ। समितिले एन्फाबाट समस्या समाधान गर्ने प्रयास र समझदारीको विकल्प हुँदाहुँदै खेलाडीहरुले पत्रकार सम्मेलन गर्नाले समस्याले झन् बढी उग्र रुप लिएको निष्कर्ष निकालेको छ।

‘राष्ट्रिय खेलाडीले यस्तो अनुशासनहीन र गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएको हुँदा उनीहरुले यस्तो गल्ती नदोहोऱ्याउने प्रतिबद्धता जनाएमा ती १० ९दश० खेलाडीहरुलाई एसिया कप छनोट प्रयोगितामा मात्र सहभागी हुन वञ्चित गर्नुका साथै यस्ता किसिमको कृयाकलाप भविष्यमा दोहोर्‍याएमा राष्ट्रिय फुटबल टिममा छनोट हुन अयोग्य हुनेबारे सचेत गराउन सिफारिस गरिन्छ,’ प्रतिवेदनमा भनिएको छ।

SHARE: