भारतसँग नडराउने अलमुताइरीको उद्घोष

नेपाली राष्ट्रिय फुटबल टिम यतिवेला माल्दिभ्समा छ । र, टिम पहिलो पटक साफ च्याम्पियसिपको फाइनल नजिक छ ।

५ टिमम सहभागी साफ च्याम्पियनसिपमा आइतबार नेपालका लागि ऐतिहासिक बन्नसक्छ । नेपालले आतबार राति प्रतियोगिताको तेस्रो खेलमा भारतका सामाना गर्दैछ। भारतविरुद्ध जित हात पार्न सके नेपानले एक खेलअघि नै साफ च्याम्प्यिनसिपको फाइलन पुग्नेछ।

भारतविरुद्ध भिड्नुअघि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारत बलियो टिम भएपनि उसँग नडराउने बताएका छन्। प्रिम्याच कन्फ्रेन्समा बोल्दै अलमुताइरीले भारतविरुद्धको खेल निकै कठीन हुने बताए । उनले भारत बलियो टिम भएपनि उसँग अन्तिमसम्म फाइट गर्ने बताए ।

‘निश्चित रूपमा भारतविरुद्ध हामीले बलियो चुनौती पेस गर्नेछौं । यसमा कुनै शंका छैन,’ अलताइरीले भने, ‘हामी भारतलाई सम्मान पनि गर्छौं । भारत बलियो टिम पनि हो । तर हामी भारतसँगै डराउँदैनौं पनि ।’

भारतीय प्रशिक्षक इगोर स्टिमेकले भने नेपाल आफ्नो टिमका लागि परिचित प्रतिद्वन्द्वी रहेको बताउँदै आफ्नो लागि जितबाहेक विकल्प नरहेको बताए । उनले भने, ‘अहिलेसम्मको प्रदर्शनलाई लिएर हामी खुसी छैनौं । तर हाम्रो लागि केही पनि खराव भएको छैन् र हामी नेपाललाई हराउन प्रयासरत रहनेछौं ।’

प्रतियोगितामा नेपालले लागतार दुई खेल निकाल्दा भारत भने दुवै खेलमा बरारबीमा रोकिएको थियो । नेपालले आयोजक माल्दिभ्सलाई १–०ले हराउँदा श्रीलंकाविरुद्ध ३–२को जित निकालेको थियो । यता, भारत भने श्रीलंकासँग १–१ र बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।