युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सम्मान गरेका छन्। मन्त्रालयमा आयोजित एक समारोहबीच मन्त्री गहतराजले ढाका टोली र खादा लगउाँदै मुख्यप्रशिक्षक अलमुताइरीलाई सम्मान गरे।
साफ च्याम्पियनसिपमा पहिलो फाइनल पु¥याउँदै नेपाललाई उपविजता बनाएको भन्दै मन्त्रालयले अलमुताइरीलाई सम्मान गरेको छ। साफ च्याम्पियनसिप फाइलन लगत्तै कतार गएका अलमुताइरी एन्फासँग थप ३ वर्षको सम्mभौता गरेपछि शनिबार साँझ मात्र नेपाल फर्किएका हुन्।
साफ च्याम्पियनसिप लगत्तै नेपाल नफर्कने भन्दै माल्दिभ्सबाटै कतार लागेका अलमुतारीलाई फर्काउन नेपालमा एन्फामाथि ब्यापक दबाब परेको थियो । अलमुताइरीलाई नेपाल फर्काउने विषयमा मन्त्री गहतराजले पनि चासो दिएका थिए।
उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका थिए। भारतसँग ३–० ले पराजित भई नेपाल उपविजेता बनेको थियो। सम्मान समारोहमा मन्त्री गहतराजले छोटो समयमै प्रशिक्षक अल्मुताइरी फुटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको हृदयमा बस्न सफल भएको भनी योगदानको स्रराहना गरे।
युवा तथा खेलकुद मन्त्रालयका कामु सचिव डा. कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास एवं ठूलो मेहनतबाट नेपालले सकारात्मक नतिजा प्राप्त गर्न सफल भएको बताए।