नेपाल फर्किएपछि अलमुताइरी भन्छन्– नयाँ मोटिभेसनका साथ फर्किएको छु

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुतइरी शनिबर साँझ नेपाल फकिएका छन्। एन्फासँग ३ वर्षको सम्झौता गर्दै उनी शनिबार साँझ कतारबाट नेपाल फर्किका हुन्।

नेपाल फर्किएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अलमुताइरीले नयाँ मोटिभेसनका साथ फर्किएको बताए । साथै उनले आफूले खेलाडी सुरक्षित हुन भन्ने चाहेको र नेपालका लागि लड्ने बताए।

अलमुताइरीले नेपाल फर्कन पाउँद निकै खुसी भएको बताएका छन्। ‘म पुनः घर फर्किएको छु, त्यसैले एकदमै खुसी छु,’ अलमुताइरीले भने, ‘सबैले नेपाली फुटबल मन पराउनुहुन्छ। त्यो सबैभन्दा ठूलो कुरा हो।’ पैसाभन्दा पनि महत्वपूर्ण कुरा नेपालीले फुटबल मन पराउनु भएको उनले बताए ।

अलमुताइरीले साफ च्याम्पियनसिपमा नेपाली टिमलाई सबैले राम्रो समर्थन गरेको बताए। उनले नेपाली टिमलाई दिएको समर्थन र सकरात्मक सोचका लागि सबैलाई धन्यवाद पनि दिए ।

साफ च्याम्पियनसिपपछि पाएको राम्रो फिडब्याकपछि नेपालले फुटबलमा केही गर्न सक्छ भन्ने उनले बताए । साफको सफलताले फुटबलमा लगानी बढ्ने विश्वास व्यक्त गरे ।

अलमुताइरीले सफलता हात पार्न स्टेप स्पेट जानु पर्ने बताए । ‘हामी विश्वकपमा छनोट हुन्छौं भन्दिनँ । स्टेप बाइ स्टेप अगाडि बढ्नुपर्छ । अबको हाम्रो लक्ष्य एसियन कप छनोट हो। अनि अर्को साफमा च्याम्पियन बन्ने,’ अलमुताइरीले भने। उनले सन् २०२७ मा नेपाल एसिया कपमा पुग्ने पनि बताए।