°
, June 1, 2023 in

अल्मुताइरी जिते वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड

SHARE:

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वषको उत्कृष्ट प्रशिक्षक बनेका छन्। आज आयोजित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा वर्षको अल्मुताइरी उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।

यसक्रममा उनले भलिबलका जगदीशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारातेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका डेभ ह्वाटमोरलाई पछि पारे।

पहिलो पटक नेपाललाई एसिया कप छनोटको तेस्रो चरणमा पुर्‍याएका अल्मुताइरी उनीहरूलाई उछिन्दै वर्षको उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन् । त्यस्तै उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा समेत पुगेको थियो ।

SHARE: