नेपाली राष्ट्रिय टिमका सिनियर खेलाडीसँगको विवादका विषयमा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्ताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र खेलेका छन्। आइतबार एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै अल्मुताइरीले आफूसँग विवादमा उत्रिकएका खेलाडीलाई टिममा राख्न नसक्ने उल्लेख गरेका छन्।
एसियन छनोटमा जस्तोसुकै नतिजा आएपनि त्यसको जिम्मेवारी आफू लिने भन्दै अल्मुताइरीले असन्तुष्ट जनाएका १० खेलाडीलाई टिममा नराख्न अडान लिएका छन्। उनले टिम निर्माण गर्ने अधिकार आफूसँग भएको पनि उल्लेख गरेका छन्।
‘राष्ट्रिय टिमको प्रशिक्षक र मुख्य छनोटकर्ताको हैसियतले टिम निर्माण गर्ने अधिकार र जिम्मेवारी दुवै मसँग छ । एसिया कप छनोटमा टिमको प्रदर्शनको पूर्ण जिम्मेवारी लिन्छु,’ एन्फा महासचिवलाई पत्र लेख्दै अल्मुताइरीले भनेका छन्, ‘मलाई आशा छ तपाईंले मेरो समस्या बुझ्नुहुन्छ र कर्तव्य पूरा गर्न मद्दत गर्नुहुनेछ।’
प्रशिक्षक अल्मुताइरीसँगको विवादपछि रोहित चन्द, विशाल राई, अनन्त तामाङ, विशाल श्रेष्ठ, सुजल श्रेष्ठ, अञ्जन विष्ट, विमल घर्तिमगर, तेज तामाङ, दिनेश राजवंशी र सुमन लामाले क्याम्प छाडेपछि अल्मुताइरी र खेलाडीबीचको विवाद उत्कष्र्षमा पुगेको छ ।
१० सिनियर खेलाडीले क्याम्प छाडेपछि अल्मुतइरीले १७ नयाँ खेलाडीलाई टिममा बोलाएका छन्। टिमबा बोलाइएका मध्ये विकेश कुथुले भने टिममा बस्न अस्वीकार गरेका छन्।
यस्तै अल्मुताइरीले टिममा राख्न नसक्ने बताए पनि उनीहरुलाई कारबाही नगर्न एन्फालाई आग्रह पनि गरेका छन्। खेलाडीहरुले आफूविरुद्ध जे गरेपछि उनीहरुलाई माफी दिने अल्मुताइरीले उल्लेख गरेका छन्।