राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अभिषेक रिजालले प्रायोजन पाएका छन् । युवा स्ट्राइकर अभिषेकलाई भिजन कन्सर्नले प्रायोजन गरेको हो ।
बुधबार आयोजित एक कार्यक्रममबीच अभिषेक र भिजन कन्सर्नका सञ्चालक कृष्ण पोखरेलले सम्झौतान हस्ताक्षर गरेका छन् । भिजन क्रियशनले अभिषेकलाई १ वर्षका लागि प्रायोजन गरेको हो ।
सम्झौता अनुसार भिजन कन्सर्नले एक बर्षका लागि अभिषेकको आँखापरिक्षण गर्नेछ । आवश्यक्ता अनुसार नेत्रका साधन उपलब्ध गराउने छ सम्झौता पत्रमा उल्लेख छ । प्रायोजन रकम भने खुलाइएको छैन । लाजिम्पाट र बौद्धमा रहेको भिजन कन्सर्नले आँखा परिक्षण र चश्मा बिक्री गर्दै आएको छ ।
अभिषेकले भिजन कन्सर्नसँग जोडिन पाउँदा आफू निकै खुसी भएको बताए । यसले करिअयमा प्रोत्साहन मिल्ने बताए । अभिषेक एन्फा एकेडेमीका उत्पादन हुन् ।
अभिषेकले गत वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले दोस्रो खेलमै चाईनिज ताईपेविरुद्ध गोल गरेका थिए । २० वर्षीय अभिषेकले राष्ट्रिय टिमबाट ४ खेल खेलेका छन् । उनी १३औं सागको स्वर्ण विजेता नेपाली फुटबल टिमको मुख्य सदस्य हुन् ।
यस्तै, अभिषेक एएफसीको क्लब फुटबल प्रतियोगितामा गोल गर्ने पहिलो नेपाली खेलाडी हुन् । एएफसी कपमा मनाङ मस्र्याङ्दीबाट मिनेर्वा पञ्जावविरुद्ध गोल गरेका थिए । अहिले अभिषेक लिग च्याम्पियन मच्छिन्द्र क्लबमा आबद्ध छन् ।