भारतीय ए डिभिजन फुटबल लिग आईलिगमा नेपाली युवा स्ट्राइकर अभिषेक रिजलाले डेब्यू गरेका छन् । अभिषेकले मंगलबार रियल काश्मिरविरुद्ध डेब्यू गरेका हुन्।
अभिषेक दोस्रो हाफको ६४औं मिनेटमा मैदान प्रवेश गरेको थिए । अभिषेकको डेब्यू खेलमा उनको टिम आइजवाल भने पराजित भयो।
मंगलबार भएको खेलमा आइजवाल शीर्ष स्थानको काश्मिरसँग ३–१ले पराजित भयो । काश्मिरका लागि मासन रोबर्टसनले दुई तथा लुकम्यानले एक गोल गरे । आइजवालका लालियन सागाले एक गोल गरेका थिए ।
१७ अंक जोडेको काश्मिर लिगको शीर्ष स्थानमा छ भने १२ अंक जोडेको आइजवाल पाँचौँ स्थानमा छ।
अभिषेकसँग किरण चेम्जोङ र प्रकाश बुढाथोकीले पनि आइलिग खेलिरहेका छन्। किरण राउन्ड ग्लास र प्रकाशन नेरोका एफसीमा आबद्ध छन्।