इटालियन क्लब एसी मिलान जितको बाटोमा फर्किएको छ। विन्टर ब्रेकपछि खराब लयमा रहेको एसी मिनलेले शुक्रबार राति टुरिनोमाथि १–०को जित निकाल्यो।
लागतार ४ हारपछि एसी मिलानको पहिलो जित हो। मिलानको जितमा लागि ओलिभर जिरुडले थिओ हर्नान्डेजको पासमा ‘ग्लान्सिङ हेडर’मा गोल गरे। जिरुडले ६२ औं मिनेटमा गोल गरेका थिए।
मिलानले यसअघि अन्तिम पटक जनवरी ४ मा सालेरनिटानालाई हराएको थियो।
यो जितपछि मिलानको २२ खेलबाट ४१ अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । अब मिलानले युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा मंगलबार लन्डनमा टोटनहमको सामना गर्नेछ।