°
, June 2, 2023 in

च्याम्पियन्स लिगमा एसी मिलानले नापोलीलाई हरायो

SHARE:

युरोपियन च्याम्पियन्समा एसी मिलान विजयी भएको छ। अल इटालियन क्वालटरफाइनलको पहिलो लेगमा एसी मिलानले नापोलीलाई १–० ले हरायो। ।

सानसिरोमा भएको खेलमा एसी मिलानको जितमा इस्माएल बेन्नासेरले निर्णायक गोल गरे । उनले ४०औं मिनेटमा राफेल लिआओको पासमा गोल गरेका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दोस्रो हाफमा नापोली १० खेलाडीमा समेटियो । जाम्बो एङ्गुएसाले ७४औं मिनेटमा दोहोरो पहेंलो पाएपछि मैदान छाडेका थिए।

मिलान र नापोलीबीचको दोस्रो लेग अप्रिल १९ मा नापोलीको मैदानमा हुनेछ।

यस खेलको विजेताले सेमिफाइनलमा इन्टर मिलान र वेनफिकाबीचको विजेतासँग खेल्नेछ।

पहिलो लेगमा इन्टरले वेनफिकालाई २(० ले हराइसकेको छ र सेमिफाइनलमा पनि दुई इटालियन क्लब खेल्ने सम्भावना छ।

SHARE: