°
, June 4, 2023 in

१६ वर्षपछि एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

SHARE:

इटालियन क्लब एसी मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलको दोस्रो लेगमा अर्को इटालियन क्लब नापोलीलाई १–१को बराबरीमा रोक्दै समग्रमा २–१ जितसहित एसी मिलान सन् २००६–०७पछि पहिलो पटक सेमिफाइनलमा पुगेको हो।

दोस्रो लेगमा ओलिभर जिरुडले ४३औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसअघि २२औं मिनेटमा जिरुडले पेनाल्टी गुमाएका थिए।

८२औं मिनेटमा नापोलीले बराबरी गर्ने अवसर गुमायो । नापोलीका क्रिचा केभारातकैया ८२औं मिनेटमा पेनाल्टीमा गोल गर्न असफल रहे। भिक्टोर ओसिमहेनले इन्जुरी टाइममा गोल गर्दै खेल १–१ को बराबरी गरे पनि त्यो नापोलीलार्य सेमिफाइनलमा पु¥याउन पर्याप्त भएन।

एसी मिलानले अब सेमिफाइनलमा अर्को इटालियन क्लब इन्टर र पोर्चुगिज क्लब वेनफिकाबीचको विजेतासँग खेल्नेछ।

SHARE: