°
, June 7, 2023 in

शीर्ष स्थानको एसी मिलान घरमै रोकियो

SHARE:

लिग लिडर एसी मिलान घरेलु मैदानमै बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा मिलान बोलोग्नासँग गोलरहित बराबरीमा रोकिएको हो।

घरेलु मैदानमा मिलानले बोलोग्नामाथि दबाब बनाए पनि गोल भने गर्न सकेन । खेलमा मिलानले ५६ प्रतिशत बल पोजेसन बनाउँदै ३३ सट प्रहार गरेकोमा ७ सट फ्रेममा थियो । यता, बोलोग्नाले ८ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

बरारबीसँगै मिलानले शीर्षस्थानमा एक अंकको अग्रता लिएको छ। उसको ३१ खेलबाट ६७ अंक छ भने समान खेलबाट नेपोलीको ६६ छ। एक खेल कम खेलेको इन्टर मिलानको ६३ अंकका साथ तेस्रो स्थानमा छ। बोलोग्ना ३४ अंकका साथ १२औं स्थानमा छ ।

SHARE: