जेइ रिचर्डसनको स्थानमा अदिल रसिदले आईपिएल खेल्ने

इंग्लिस स्पिनर रसिद खानले इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्ने भएका छन्। युएईमा हुने आईपिएलको १४औं संस्करणको बाँकी खेलका लागि रसिद पञ्जाब किंग्समा आबद्ध भएका छन्।

पञ्जाबले रसिदलाई अस्ट्रेलियन बलर जेइ रिचर्डसनको स्थानमा अनुबन्धन गरेको हो।

रसिदले इंग्ल्यान्डका लागि १९ टेस्ट, ११२ एकदिवसीय र ६२ टि२० म्याच खेलेका छन् । जसमा उनले ६०, १५९ र ६५ विकेट लिएका छन्।

कोरोनाका कारण रोकिएको आईपिएलका बाँकी खेल १९ सेप्टेम्बरबाट युएईमा सुरु हुँदैछ। कोरोना कारण सयसअिघ टिममा आबद्ध भएका कतिपय खेलाडी उपलब्ध नहुने भएपनि टिमले नयाँ खेलाडी अनुबन्धन गरिरहेका छन्।