अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङका प्रमुख सल्लाहकारबाट नवीन पाँडेले राजीनामा दिएका छन्। पाँडेले एन्फामा पुरानै प्रवृत्ति देखिएको भन्दै राजीनामा दिएका हुन्। एन्फा अध्यक्षलाई राजीनामा दिएका हुन्।
उनले नेपाली फुटबल विकासको आमूल प्रतिवर्तन होस् भन्ने नै आफ्नो चाहनाम भएको भन्दै परिवर्तनको पक्षमा अग्रणी भूमीका निर्वाह गर्दै आए पनि अपेक्षाकृत कार्य गर्न सकेको बताएका छन्। उनले भनेका छन्, ‘एन्फामापुरानै प्रवृत्तिको पुनरावृत्ति भइनै रह्यो। सुध्रने छाँटकाँट देखिएन।’
एन्फा अध्यक्षलाई बुझाएको राजीनामा पत्रमा उनले खेलेका छन्, ‘मैले सदैव नेपालको फुटबल खेलको परिवर्तनको पक्षमा आफूलाई उभ्याउँदै आइरहेको छु र सकेको योगदान दिँदै आएको छु। मैले व्यक्तिगत स्वार्थ कहिल्यै राखिनँ। विदेश घुम्ने, पद र पैसालाई प्राथमिकतामा राखिनँ।’
पाँडेले एन्फामा बसिरहँदा सबै राम्रा कामको भागीदारी बन्नु पर्नेे भएकाले आफूले राजनीमा दिएको बताएका छन्। ‘एन्फामा बसिरहेँ भने यी सबै नराम्रा कामको भागिदार त म पनि हुन्छु। म नेपाली फुटबल विकासका लागि हिँडेको मान्छे भएको कारणले गर्दा यो पापको भारी बोक्न चाहन्न,’ उनले भनेका छन्।
एन्फमा अहिले भइरहेका नराम्रा काम नरोकिने अवस्था भएकाले आफूले राजनीमा दिएको उनले उल्लखे गरेका छन्। उनले भनेका छन्, ‘यथास्थितिमा पदमा टाँसिरहँदा मैले आफूलाई नै गिज्जाइरहेको अनुभूति भयो। यसर्थ राजीनामा दिएँ।’