ंनेपाल एएफसी यू–२३ एसियन कप छनोट चरणबाटै बाहिरिएको छ। छनोटको समूह बी रहेको नेपाल लागतार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।
लातगार दोस्रो हार बेहोर्ने क्रममा नेपाल आयोजक ताजकिस्तान ६–०को फराकिलो अन्तरले पराजित भयो । यसअघि पहिलो खेलमा नेपाल इरानसँग ४–० ले पराजित भएको थियो ।
ताजिकस्तानविरुद्ध नेपालले दुवै हाफमा समान ३ गोल खाएको थियो। प्रतियोगिताबाट बाहिरिसकेको नेपालले आइतबार लेवनानसँग खेल्ने छ । लेवनान पनि दुवै खेलमा पराजित भएको छ।
लागतार दुई जित निकालेका ताजकिस्तान र इरान क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।