नाइजेरिया र एंगोला अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति भएको खेलमा नाइजेरियाले क्यामरुन र एंगोलालले नामिबियालाई हरायो ।

एडेमोला लुकमनको दुई गोलमा नाइजेरियाले क्यामरुनलाई शनिबार २–० ले पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल यात्रा तय गरेको छ । एटलान्टाका फरवार्ड लुकमनले प्रत्येक हाफमा गोल गरे ।

क्यामरुनका लागि यो नतिजा निराशाजक रह्यो । क्यामरुन पछिल्लो विश्वकपमा पनि लिग चरणबाटै बाहिरिएको थियो । अब नाइजेरियाले अन्तिम आठमा एंगोलाको सामना गर्नेछ ।

एंगोलाले यसअघि नामिबियालाई सजिलै ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । एंगोलाका लागि गेल्सन डालाले दुई गोल गरे । खेलको अन्त्यमा दुवै टिम दसरदस खेलाडीमा सीमित रहेको थियो ।

Back To Top