पाकिस्तान र अफगानिस्तानबीचको एकदिवसीय सिरिज स्थागित

पाकिस्तान र अफगानिस्तानबीचको आसन्न एकदिवसीय सिरिज स्थगित भएको छ। आगामी सेप्टेम्बरमा श्रीलंकामा हुने भनिएको पाकिस्तान र अफगानिस्तानबीचको ३ खेलको एकदिससीय सिरिज स्थागित भएको हो।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी)को आग्रहमा सिरिज अर्को वर्ष आयोजना हुने गरी स्थागित गरिएको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले जनाएको छ।

‘खेलाडीहरूको मानसिक स्वास्थ्य अवस्था, काबुलमा हवाई उडान बन्द भएको, प्रत्यक्ष प्रशारणको समस्या र श्रीलंकाको कोरोना भाइरस संक्रमण बढी रहेको भन्दै एसिबीले सिरिज स्थगित गरेको थियो,’ पिसिबीले ट्विटरमार्फत भनेको छ।

दुवै क्रिकेट बोर्डको सहमतिमा सन् २०२२मा सिरिजको नयाँ मिति तय गरिने पिसिबीले जनाएको छ। तीन खेलको सिरिज सेप्टेम्बर ३ बाट सुरु हुने तालिका थियो।

तालिवानले अफगानिस्तानको सक्ष कब्जा गरेपछि अहिले अफगानिस्तानको क्रिकेट कसरी अगाडि बढ्छ भन्ने चासोका साथ हेरिएको छ। सोमबार मात्र तालिवानले एसिबीका प्रमुख फरान युसुफजाईलाई हटाउँदै अजिजुल्लाह फाजलीलाई निमिक्त प्रमुख बनाएको थियो।