टेस्ट क्रिकेटमा अफगानिसतानको पहिलो जित

अफगानिस्तानले टेस्ट क्रिकेटमा पहिलो जित हात पारेको छ । पहिलो टेस्ट जित्ने क्रममा अफगानिस्तानले आयरल्यान्डलाई ७ विकेटले पराजित गरेको हो ।

भारतको देहरादुनमा भएको खेलमा आयरल्याल्यान्डले दिएको १ सय ४७ रनको लक्ष्य अफगानिस्तानले चौथो दिन ३ विकेट गुमाउँदै भेट्टायो ।

अफगानिस्तानलाई टेस्टमा पहिलो जित दिलाउने रहमत साहले सर्वाधिक ७६ रन बनाए भने इहसानुल्लाहले ६५ रनको योगदान दिए । साहले १२२ बल खेल्दै १३ चौका प्रहार गरे भने इहसानुल्लाहले १२९ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।

अफगानिस्तान र आयरल्यान्डबीचको एक मात्र टेस्टमा पहिले ब्याटिङ गर्दै गरेको आयरल्यानडले पहिलो इनिङमा १७२ रन मात्र बनाउन सक्यो । उसका लागि अन्तिम ब्याट्सम्यान टिम मुर्टघले सार्वधिक ५४ रन बनाए ।

आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अफगास्तिानका महोम्मद नाबी र यमिन अहमदजाईले ३–३ विकेट लिए भने रसिद खान र वाकर सलामखेइलले २–२ विकट लिए ।

अफगानिस्तानले पहिलो इनिङमा ३१४ रन बनायो । उसका लागि उसका लागि रहमत साहले सर्वाधिक ९८ रन बनाए भने अस्गर अफगानले ६७ तथा हसमतुल्लाह साहिदीले ६१ रनको योगादान दिए । आयरल्यानडका स्टुआर्ड थमसनले सर्वाधिक ३ विकेट लिए ।

पहिलो इनिङमा सस्तैमा समेटिएको आयरल्यान्डले दोस्रो इनिङमा २८८ रन बनायो । उसका एन्डी बालब्रिनेइले सर्वाधिक ८२ रन बनाए भने केभिन ओ’ब्राइनले ५६ रनको योगदान दिए ।

अफगानिस्तानका लागि रसिद खानले ५ विकेट लिए । दुवै इनिङमा उत्कृष्ट ब्याटिङ गरेका अफगानिस्तानका रहदत साह म्यान अफ दी म्याच घोषित भए ।

अफगानिस्तान र आयरल्यान्ड दुवैको यो दोस्रो टेस्ट सिरिज हो । आयरल्यान्डले पाकिस्तान र अफगानिस्तानले भारतसँग पहिलो टेस्ट खेलेका थिए ।

टेस्ट डेब्यू खेलमा जित हात पार्ने टिम एक्लो टिम अस्ट्रेलिया हो । अफगानिस्तासहित पाकिस्तान र इंग्ल्यान्डले आफूले खेलेको दोस्रो खेलमा जित हात पारे ।