अस्ट्रेलियामाथि बंगलादेशको लागतार दोस्रो जित

बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियामाथि घरेलु टोलीले लागतार दोस्रो जित निकालेको छ। ५ खेलको टि–२० सिरिजअन्तर्गत बुधबार ढाकामा भएको दोस्रो खेलमा बंगलादेशले अस्ट्रेलियामाथि ५ विकेटको जित निकाल्यो।

यो जितसँगे बंगलादेशले सिरिजमा अप्रत्यासित रुपमा २–०को अग्रता लिएको छ । यसअघि मंगलबार भएको पहिलो खेलमा बंगलादेश २३ रनले विजयी भएको थियो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १२२ रनको सामान्य लक्ष्य बंगलादेशले १८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । बंगलादेशका लागि आसिफ हुसैनले सर्वाधिक ३७ रन बनाउँदा सकिब अल हसनले २६, महेदी हसनले २३ र नुरुल हसनले २२ रनको योगदान दिए।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क, जोश हेजलउड, स्टोन अगर, एडम जम्पा र एन्ड्रयु टाइले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२१ रन मात्र बनाउन सक्यो । उसका लागि मिचेल मार्सले ४२ बलमा ४५ र मोइसेस हेनरिक्सले २५ बलमा३० रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।

यी दुईले तेस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्दै टिमको इनिङ उसकासेका थिए। अस्ट्रेलियालाई कम योगफलमा रोक्ने क्रममा बंगलादेशका मुस्ताफिजुर रहमानले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने सोरिफुल इस्लामले २ विकेट लिए।

यी दुई बीचको तेस्रो टि–२० शुक्रबार ढाकामा हुनेछ।