°
, June 1, 2023 in
0

आयाक्सका ११ खेलाडीमा देखियो कोराना संक्रमण

SHARE:

डच क्लब आयाक्सका ११ खेलाडीलाई कोरोना संक्रमण पुष्टी भएको छ । च्याम्पियन्स लिगको समूह चरणको खेलअघि गरिएको परिक्षणमा आयाक्सका ११ खेलाडीमा कोरोना देखिएको हो ।

आयाक्सले सोमबार आफ्ना टिमका ११ खेलाडीमा कोरोना देखिएको पुस्टि गरेको छ । आफ्ना ११ खेलाडी कोरोना संक्रमित भएपछि आयाक्स १७ खेलाडीसहित डेनमार्कको भ्रमणमा निस्किएको छ।

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको तेस्रो खेलमा आयाक्सले एफसी मिद्त्जील्यान्डसँग उसैको मैदानमा खेल्नेछ । समूह ‘डी’ मा रहेका आयाक्स र मिद्त्जील्यान्डबीचको खेल बुधबार हुनेछ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *